दफा १७क
निर्णय नगरी हानि नोक्सानी पुग्याउनेलाई सजाय
(१) कुनै राष्ट्रसेवकले कानून बमोजिम कुनै खास अवधिभित्र कुनै निर्णय गरिसक्नु पर्नेमा मनासिब कारण परेको अवस्थामा बाहेक जानी जानी आफू वा अरु कसैलाई लाभ लिई, दिई वा दिलाई बदनियतपूर्वक त्यस्तो निर्णय नगरेको कारणबाट सार्वजनिक संस्था वा व्यक्तिलाई हानि नोक्सानी पुग्न गएको रहेछ भने त्यस्तो राष्ट्रसेवकलाई कसूरको मात्रा अनुसार छ महिनासम्म कैद वा हानि नोक्सानीको बिगो खुलेकोमा बिगो बमोजिम र बिगो नखुलेकोमा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(२) उपदफा (१) को प्रयोजनको लागि उचित र मनासिब कारण उत्पन्न भई कुनै राष्ट्रसेवकले निर्णय गर्न नसकेको अवस्थामा सो व्यहोरा: खुलाई सम्बन्धित फाइलमा अभिलेख राखी सोको जानकारी एक तह माथिको अधिकारीलाई गराउनु पर्नेछ।

(३) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै करार वा सम्झौता बमोजिम कुनै खास अवधिमा कुनै खास काम गर्नु पर्ने अवस्था भएकोमा सोही बमोजिम हुनेछ।

(४) कुनै राष्ट्रसेवकले उपदफा (१) बमोजिम निर्णय नगरेको/कारणले कुनै व्यक्तिलाई हानि नोक्सानी पुग्न गएको अवस्थामा प्रचलित कानून बमोजिम कारबाही :गर्नवा सो सम्बन्धमा क्षतिपूर्ति माग गर्न यो दफाको व्यवस्थाले कुनै बाधा पुस्याएको मानिने छैन।